बाली बीमाबारे किसान अनभिज्ञ
बैतडी– बैतडीका किसान बाली बीमाबारे अझै अनभिज्ञ छन् । सरकारले विसं २०६९ माघमा किसानलाई लक्षित गरेर बालीबीमा कार्यक्रम ल्याएको भए पनि यसका बारेमा किसानले नबुझ्दा उनीहरुले बाली बीमा गरेका छैनन् ।
व्यावसायिकरूपमा कृषिमा लागेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति भए पनि जिल्लामा अहिलेसम्म किसानको आकर्षण बढ्न नसकेको हो ।
सरकारले असिना, खडेरी, सुख्खा, रोग किराको प्रकोप भएर बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशत सम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बाली बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।
बाली बीमा नगरेकै कारण किसानले वर्षेनी हजारौँको क्षति व्योर्होदासमेत क्षतिपूर्ति पाउन सकेका छैनन् ।
बाली बीमाका बारेमा आवश्यक जानकारी नभएकै कारण किसानको यसमा चासो नबढेको अगुवा किसान कृष्णदत्त भट्टको भनाइ छ । बैतडीमा अहिलेसम्म दुई किसानले मात्रै बाली बीमा गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी