तलबभत्ता पहल गरिदिन स्वास्थ्यकर्मीकाे माग
सिञ्जा - जुम्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको ६ महिनाको तलबभत्ता भुक्तानीका लागि माग गरेका हुन् ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ सङ्घलगायतले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव जुम्ला आइपुग्ने कार्यक्रम भएकाले तलबभत्ताका लागि परामर्श गरिदिन आग्रह गरेका थिए ।
ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन कष्टकर भएको उल्लेख गरिएको छ । सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिनसमेत माग गरेका हुन् ।
उनीहरूले समायोजन प्रक्रियामा प्रशासनतर्फका कर्मचारीलाई एक तह बढुवा गरी समायोजन गरेकाले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि सोहीअनुसार एक तह बढुवा गरी तहगत प्रणालीमा सम्मानजनक समायोजन गर्न माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट