क्यान्सर सम्बन्धी जनचेतना जगाउँदै नर्भिक अस्पताल
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आज नागरिकलाई आन्द्रामा हुने क्यान्सरको बारेमा जानकारी गराएको छ ।
नर्भिक अस्पताल र रोटरी क्लब चन्द्रागिरीले ललितपुरमा संयुक्त आयोजना गरेको कार्यक्रममा ठूलो आन्द्रा, मलासयको क्यान्सर, उपचार र रोकथामको बारेमा नागरिकलाई जानकारी गराइएको हो ।
विश्वमा गत वर्ष १.८ मिलियन यस प्रकारको क्यान्सर देखिएको कार्यक्रममा जानकारी गराइएको थियो । आन्द्रा तथा मलासयको क्यान्सर परिवारमा कुनै सदस्यलाई भएको छ भने या मधुमेह, मोटोपन, सुर्तीजन्य पदार्थ र अल्कोहल सेवन गर्ने व्यक्तिलाई यस्तो क्यान्सर हुने सम्भावना बढी उल्लेख गरिएको छ ।
सुरुमा आन्द्राको क्यान्सरमा पनि कुनै पनि लक्षण देखिँदैन । बिस्तारै बढ्दै गएपछि दिशाको साईज घट्दै जाने, झाडापखाला लाग्ने, दिशा गर्दा रगत आउने जस्ता लक्षण, आन्द्राको क्यान्सर पनि हुन सक्ने चिकित्सकहरुले जानकारी गराएका छन् ।
साथै पेट डम्म हुने, अनावश्यक तौल घट्नु पनि क्यान्सरको लक्षण हुन् । क्यान्सर सुरुवातको अवस्थामा नै थाहा पाउने र अस्पताल आउने हो भने ९० प्रतिशत उपचार सफल हुने हुँदा समयमा स्वास्थ्य संस्था जानुपर्ने बारेमा कार्यक्रममा नागरिकलाई जानकारी गराइएको थियो ।
खसीको मासु कम, फलफुल तथा सागसब्जी धेरै खाने, तौललाई बढ्न नदिने, मादक पदार्थ, सूर्तिजन्य पदार्थ कम गर्ने, नियमित शारीरिक व्यायाम गर्ने हो भने आन्द्राको क्यान्सर मात्रै होइन अन्य क्यान्सर र अन्य रोग लाग्नबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।
आन्द्राको क्यान्सरको बारेमा नागरिकलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा डाक्टरद्वय सत्यद्विप भट्टाचार्य र डा. बरुन शाहले आन्द्रा र मलासयको क्यान्सरको बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड