आर्थिक बृद्धिमा ध्यान केन्द्रित गर्न डा. महतको सुझाव
पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतले नेपालको अबको समय आर्थिक बृद्धिको भएको बताएका छन् ।
शुक्रबारबाट काठमाडौँमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले नयाँ संविधान, नयाँ सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक बृद्धितर्फ केन्द्रीत गर्नुपर्ने बताए ।
‘आर्थिक बृद्धि गर्न लगानी आवाश्यक हुन्छ । त्यसका लागि आन्तरिक लगानीमात्र पर्याप्त छैन, त्यही भएर विदेशी लगानी चाहिएको हो,’ सम्बोधनका क्रममा महतले भने, ‘राष्ट्र बनाउन ठूलो चुनौती छ । हामीलाई धेरै लगानी चाहिएको छ । श्रम निती पनि चाहिएको छ । राजनीतिक परिवर्तनले आर्थिक विकासमा राम्रो असर गरेको छ । आर्थिक बृद्धि दर यसको परिणाम हो ।’
पूर्व अर्थमन्त्री महतले विगतमा भुकम्पको सामना र राजनीतिक अस्थिरता हुँदाहुँदै पनि मानव विकासमा समेत राम्रो प्रगति गरेको बताए ।
पछिल्लो समय टेलिकम्युनिकेसन र पूर्वाधारका क्षेत्रमा नेपालले फड्को मार्न सकेको भन्दै उनले विदेशी लगानीकर्ताहरुलाई ढुक्कका साथ लगानी गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण