शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक बृद्धिमा ध्यान केन्द्रित गर्न डा. महतको सुझाव

शुक्रबार, १५ चैत २०७५, ११ : ३७
शुक्रबार, १५ चैत २०७५

पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतले नेपालको अबको समय आर्थिक बृद्धिको भएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले नयाँ संविधान, नयाँ सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक बृद्धितर्फ केन्द्रीत गर्नुपर्ने बताए ।

‘आर्थिक बृद्धि गर्न लगानी आवाश्यक हुन्छ । त्यसका लागि आन्तरिक लगानीमात्र पर्याप्त छैन, त्यही भएर विदेशी लगानी चाहिएको हो,’ सम्बोधनका क्रममा महतले भने, ‘राष्ट्र बनाउन ठूलो चुनौती छ । हामीलाई धेरै लगानी चाहिएको छ । श्रम निती पनि चाहिएको छ । राजनीतिक परिवर्तनले आर्थिक विकासमा राम्रो असर गरेको छ । आर्थिक बृद्धि दर यसको परिणाम हो ।’

पूर्व अर्थमन्त्री महतले विगतमा भुकम्पको सामना र राजनीतिक अस्थिरता हुँदाहुँदै पनि मानव विकासमा समेत राम्रो प्रगति गरेको बताए ।

पछिल्लो समय टेलिकम्युनिकेसन र पूर्वाधारका क्षेत्रमा नेपालले फड्को मार्न सकेको भन्दै उनले विदेशी लगानीकर्ताहरुलाई ढुक्कका साथ लगानी गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप