बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारका सचिवको विदाई

बिहीबार, १४ चैत २०७५, १९ : १७
बिहीबार, १४ चैत २०७५

सुर्खेत– कर्णाली प्रदेश सरकारका सचिव यज्ञराज वोहोराको आज विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन सचिवको रुपमा कार्यरत वोहोराको गृह मन्त्रालयमा सरुवा भएपछि आज विदाई कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित विदाई कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले माला, अविर तथा मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै प्रमुख सचिव थपलियाले सचिव बोहोराको कार्यक्षमताले प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी वनाउन ठुलो सहयोग पुगेको बताए । 

प्रमुख सचिव थपलियाले सचिव वोहोराको आगामी कार्यक्षेत्र र कार्यकालको शुभकामना व्यक्त गरे ।  बिदाई कार्यक्रमलाई सम्वोधन गर्दै सचिव बोहोराले प्रदेश सरकार स्थापनाको शुरुवाति चरणमा भौतिक पुर्वाधार, कर्मचारी, तथा कार्यालय व्यवस्थापन चुनौतिपूर्ण रहेको स्मरण गरे । कर्मचारी र संरचनाको अभावका कारण शुरुमा टीप्पनी लेख्ने कागज र आफु वस्ने टेवलको व्यवस्था समेत आफैले गर्नुपरेको स्मरण गर्दै सचिव वोहोराले अहिले सरकारका सवै संरचनाहरु व्यवस्थित बनिसकेको बताए । 

प्रदेश सरकार स्थापनाको अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सचिव वोहोराले राजनीतिक परिवर्तन पछि बनेको प्रदेश सरकारको संस्थापक सचिवको भुमिका निर्वाह गर्न पाउदा आफुलाई गौरवको अनुभूति भएको बताए । 

प्रदेश सरकारका संरचना, कार्यालय तथा जनशक्ति व्यवस्थापनका लागि आफुलाई सहयोग गर्ने प्रदेश सरकारका पदाधिकारी तथा कर्मचारीलाई सचिव वोहोराले धन्यवाद दिए । 

यसअघि ९ जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका वोहोरालाई चैत्र ४ गतेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सरल र मृदुभाषी स्वभावका वोहोराले निजामति सेवामा विवाद रहित कुशल प्रशासकको छवि बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप