शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिवमले एक सेयर बराबर १५.७८ प्रतिशत नगद लाभांश दिने

बिहीबार, १४ चैत २०७५, १२ : ४८
बिहीबार, १४ चैत २०७५

काठमाडौं–शिवम सिमेन्टले आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ । 

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको  प्रतिसेयर १५.७८ प्रतिशत हुन आउने रकम लाभांशको रुपमा दिन आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको  छ ।

 लाभांश ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबर हुनेछ ।  शिवको सेयर गत सातामात्र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको थियो ।

 कम्पनीले गत फागुनमा सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले प्राथमिक सेयर निष्काशन गरेको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप