शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकताले मात्र काङ्ग्रेसको जीत सम्भवः महामन्त्री कोइराला

मङ्गलबार, १२ चैत २०७५, २२ : ३०
मङ्गलबार, १२ चैत २०७५

दाङ– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताएका छन् । 

घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित आज लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका काङ्ग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उनले सो कुरा बताएका हुन् । 

त्यसका लागि गाउँका काङ्ग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गरे । 
उहाँले गाँउ गाँउबाट काङ्ग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप