शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बोआओ फोरमको सम्मेलनमा दुई हजार प्रतिनिधि सहभागी

मङ्गलबार, १२ चैत २०७५, २१ : २९
मङ्गलबार, १२ चैत २०७५

बोआओ- चीनमा सुरु भएको बोआओ फोरम फर एसिया (विएफए) को बार्षिक सम्मेलनमा दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । 
विभिन्न ६० देश र क्षेत्रका सरकारी अधिकारी, उद्यमी र विज्ञहरु सम्मेलनमा सहभागी भएका मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले बताएका छन् । 
प्रधानमन्त्री लि खछ्याङ बुधबार हुने उद्घाटन कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुनुहुने विएफएका महासचिव लि बाओडोङले जानकारी दिनुभयो । 
सहभागी दुई हजार जना मध्ये एक सय जना ठूला व्यवसायिक प्रतिष्ठानका कार्यकारी र एक हजार जना उद्यमी रहेका छन् । 
यो बार्षिक सम्मेलन मार्च २६ तारिख मंगलबारदेखि सुरु भएको छ भने २९ मार्चसम्म चल्ने आयोजनकले जनाएका छन् । 
सम्मेलनमा साझा चासो, संयुक्त कार्ययोजना र भविष्यका बारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने महासचिव बाओडोङले बताउनुभयो । 
“मलाई विश्वास छ, बाओ फोरम नीति निर्माता, उद्यमी, विज्ञलगायतका लागि सहभागीतामुलक मंचकोरुपमा खुल्ला हुनेछ,” उहाँले भन्नुभयो । 
त्यसैगरी सम्मेलनका क्रममा विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्वन्ध, विभिन्न क्षेत्रमा आइपरेका समस्या लगायतका विषयमा छलफल र एक अर्कालाई सुझाव आदान प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप