मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेले आईपीएलको दोस्रो खेल पनि खेल्न पाएनन्

मङ्गलबार, १२ चैत २०७५, २० : ५७
मङ्गलबार, १२ चैत २०७५

नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ ।

दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल खेल्ने प्रतिक्षाको घडी अझै लम्बिने देखिन्छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सञ्चालित खेलमा अहिले टस जितेर दिल्लीले पहिले ब्याटिङ गरेको छ ।

दिल्लीको प्लेइङ–११ मा शिखर धवन, पृथ्वी शा, कप्तान श्रेयस ऐर, ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा रहेका छन् । पहिलो खेलमा दिल्लीले मुम्बई इन्डियनलाई ३७ रनले हराएको थियो । दिल्लीले दोस्रो खेलमा पनि सन्दीपलाई नखेलाएपछि उनका सर्मथकले समेत सामाजिक सञ्जालमा निराशा जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप