शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व शान्ति पुजाको नाममा ठगी गर्ने प्रहरी फन्दामा

मङ्गलबार, १२ चैत २०७५, १८ : ५४
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं । प्रहरीले विश्व शान्ति पुजाको नाममा ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरमा बुढानिलकण्ठ नगरपालिका–१ स्थित रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालकहरु रहेका छन् । 

विश्व शान्ति पुजाका लागि थाईल्यान्डस्थित बैंककमा रहेको गुम्बाहरुमा लैजान्छु भन्दै उनीहरुले ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

रिचमाया तामाङ्ग समेतका मानिसहरुलाई ललाई फकाई बैंककस्थित रहेको गुम्बाहरुमा लगि बिश्व शान्ति पूजामा भाग लिन लैजान्छु भन्दै पैसा असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

२०७५ चैत ३ गते रिचमाया तामाङ्ग समेतका ७ जनाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा जाहेरी दिएको आधारमा वर्ष २८ को शान्ति लामा र बर्ष ३६ को खाण्डो शेर्पांलाई पक्राउ गरेको वृतका प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिए । 

रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालक बर्ष ४८ को माईला तामाङ्ग भने फरार रहेका छन् । 

पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसुर अपराध मुद्धा शीर्षकमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

उनीहरुविरुद्व ३९ जनाले प्रहरीमा उजुरी दिएको र पक्राउ परेकाहरुमाथि अनुुसन्धान कार्य जारी रहेको प्रहरलिे जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप