शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभापति कल्याणी खड्का र सांसद यादवबीच बाझाबाझ, बोल्ने समय नदिएपछि बैठक बहिष्कार (भिडियो)

मङ्गलबार, १२ चैत २०७५, १६ : ३८
मङ्गलबार, १२ चैत २०७५

स्थान : संसदको कृषि समितिको हल 
कार्यक्रम: बहुवर्षीय विकास योजनाबारे संसदको विकास समितिको बैठक 

मन्त्रीहरु: अर्थमन्त्री डा.युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ 

मंगलबार संसदको विकास समितिले दुईजना मन्त्री बोलाएर बहुवर्षीय ठेक्का योजनामा आएको समस्याबारे बैठक बोलाएको थियो । छलफलमा सांसदहरुले दुई मन्त्रीहरुलाई आफ्ना गुनासाहरु सुनाए । उनीहरुले विकास निर्माणको काम ठप्प भएकोले सांसदले गाउँ जान सक्ने अवस्था नरहेको भन्दै मन्त्रीहरुको ध्यानाकर्षण गराए । देश संघीयतामा गएपनि अझै निश्चित व्यक्ति र क्षेत्रले मात्र विकासका योजना पाउने गरेको उनीहरुको भनाई थियो । बहुवर्षीय योजनाका रुपमा रहेका सडक तथा पुल आयोजनाको काम अघि नबढ्दा जनतामा रहेको आशा र विश्वासमा आक्रोसमा परिणत भएको उनीहरुको गुनासो थियो । 

समितिको बैठक सुरु भएको केही बेरपछि राजपाका सासंद महेन्द्र राय यादव बैठकमा पुगेका थिए । यो कुरा समितिकी सभापति कल्याणी खड्काले ख्याल गरेकी थिइन् । सबै सांसदहरुको बोल्ने पालो सकिएपछि सांसद यादवले मैले पनि कुरा राख्नु भनेर बोल्ने समय मागे । तर सभापति खड्काले बैठक सकिन लागेकोले समय छैन भनेर अर्थमन्त्री खतिवडालाई बोल्ने समय दिइन् । मन्त्री खतिवडाले सांसद यादवलाई लक्षित गर्दै आफ्नो अरु पनि काम रहेकोले हतारमा रहेको जनाउदै विकासका काममा परेको समस्याको गाँठो अर्थ मन्त्रालयले फुकाउने बताए । 

उनले बोलिसकेपछि फेरि सांसद यादवले आफूले प्रदेश नम्बर २ को प्रतिनिधित्व गर्ने र बैठकको विषयवस्तु महत्वपूर्ण भएकोले आफूले बोल्न पाउनुपर्ने बताए । तर समितिकी सभापति कल्याणी खड्काले बैठकमा ढिलो आएकोले बोल्न समय नदिने कुरामा अडड्ी कसिन । उनले भनिन्– ‘मान्यज्यू सबैले आफ्नो समयमा आइपुग्नुपर्छ । सबै मान्यज्यूहरुले भनाई रानेपछि नाम पनि नोट गर्नुपर्ला, संसदीय प्रक्रियालाई त मान्नुप¥यो नी मान्यज्यू । तपाईलाई अहिले बोल्ने कुनै पनि अधिकार छैन मान्यज्यू । तपाई लिखित दिन पनि सक्नुहुन्छ, अरुले भनेको सुन्न पनि सक्नुहुन्छ ।’

सभापति खड्काले बोल्न समय नदिने बताइरहेका बेला अरु सांसदहरुले पनि यादवलाई बोल्न समय दिन आग्रह गरिरहेका थिए । सभापतिले बोल्न समय नदिएपछि यादवले– ‘तपाई जे मन लाग्छ त्यही गर्नुस । एउटा संसादलाई बोल्न नदिने, तपाईले भनेको सुनेर बस्नुपर्छ भन्ने केही छ । तपाईहरुको दुईतिहाइको सरकार छ, जे मन लाग्छ त्यही गर्नुस’ । भन्दै बैठकबाट बाहिरिए । बैठकमा मन्त्री महासेठले पनि सांसद यादवलाई बोल्न समय दिन आग्रह गरेपनि सभापति खड्काले समय दिइनन् । 
हेर्नुहोस् भिडियो: 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप