शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका र आयुषमानले फ्यानहरुसँग मोःमोःउत्सव मनाए

मङ्गलबार, १२ चैत २०७५, १५ : ०६
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं– कोका–कोला मोःमोःउत्सव अन्तर्गत प्रियंका कार्की र आयुषमान देशराज जोशीले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेका छन् ।

चौथो संस्करणको ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीहरु माझ निकै लोकप्रियता छ । प्रियंका र आयुषमानले विभिन्न आउटलेटका संचालक, स्टाफ र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउँदै फोटो खिचेका छन् । फ्यानहरु पनि आयुषमान र प्रियंकालाई भेटेर कोका–कोला र मःमको मज्जा लिन पाउँदा निकै खुसी भएका थिए । 

आयुषमानले मोःमोःउत्सवको अनुभव साट्दै भने, ‘मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ । मैले फ्यानहरुसँग बसेर विभिन्न परिकारको मःमः र कोका–कोलाको मज्जा लिने मौका पाए यसका लागि म कोका–कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप