शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार गरेको आरोपमा तामाङ पक्राउ

मङ्गलबार, १२ चैत २०७५, १४ : ५६
मङ्गलबार, १२ चैत २०७५

नुवाकोट– न्यून दृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । 

अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप