बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल स्टक एक्सचेन्ज घेराउ गर्न पुगेकाहरु प्रहरी नियन्त्रणमा

मङ्गलबार, १२ चैत २०७५, १२ : ३८
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं–राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सेयर लगानीकर्ता दबाब समुह मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
 कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो ।

 सो क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो ।  शान्तिपुर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षप विरुद्ध नाराबाजी गरेका थिए ।

 अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । 

प्रहरी नियन्त्रणमा रहेका सेयर लगानीकर्ता दबाब समुहका दिपेन्द्र अग्रवालले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गरे । 

शेयर लगानीकर्ताहरुले  पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप