बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘छपाक’ की दीपिकालाई मानिसहरुले भने ‘तिमीलाई सलाम’

मङ्गलबार, १२ चैत २०७५, ०८ : ११
मङ्गलबार, १२ चैत २०७५

बलिउडमा आफ्नो शानदार अभिनयले मानिसहरुको मनमा बस्न सफल दीपिका पादुकोणले सोमबार आफ्नो आगामी फिल्म ‘छपाक’ को फर्स्ट लुक जारी गरेकी छिन् ।

दीपिकाको ट्वीटपछि नै #Chhapaak ट्वीटरमा दोस्रोत नम्बरमा ट्रेन्ड गरिरहेको छ ।

धेरैलाई दीपिका पादुकोणको यो अन्दाज निकै मन परिरहेको छ ।

यस्तै, केहीले यो फिल्म बनाएकोमा निर्देशक मेघना गुलजारलाई बधाई दिइरहेका छन् ।

‘दीपिका तिमीलाई सलाम’

एसिड हमलामा परेका महिलाको जीवनमाथि आधारित यो फिल्मलाई मेघना गुलजारले निर्देशन गरिरहेकी छिन् ।

दीपिका पादुकोण यो फिल्ममा एसिड हमलामा परेकी ‘मालती’ को भूमिकामा देखिनेछिन् ।

इन्स्टाग्रामदेखि ट्वीटरमा यो तस्बिर जारी भएपछि सोसल मिडिया प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

ट्वीटर प्रयोगकर्ता रिद्धित लेख्छन्, ‘मलाई यो फर्स्ट लुक निकै मनपर्यो । यो निकै नै वास्तविक देखिएको छ । दीपिका मलाई खासै राम्री लाग्दिनन् तर म यो फिल्म व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छु । मेकअप टिमलाई बधाई । शानदा काम ।’

यस्तै, एक अन्य ट्वीटर प्रयोगकर्ता @BldKoshish ले लेखेका छन्, ‘दीपिका पादुकोणको साहसको सलाम ।’

अर्का एक ट्वीटर प्रयोगकर्ताले फिल्मको फर्स्ट लुकबारे कुरा गर्दै यो फिल्मले तेजाबबाट हमला गर्ने असामाजिक तत्वलाई उनीहरुको घिनलाग्दो अनुहार देखाउन सफल होस् भन्ने आशा व्यक्त गरेका छन् ।

ट्वीटरमा कस्तुव सिन्हाले छपाकको फर्स्ट लुक उत्कृष्ट  भएको बताउँदै यस्तो उत्कृष्ट परिवर्तनका लागि दीपिका पादुकोणलाई धेरैभन्दा धेरै बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप