शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान

मङ्गलबार, १२ चैत २०७५, ०७ : ००
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं - भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीठा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरै तिर भौतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । 

त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाइ केही गरौँ भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे । भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेतेर दान गरेका हुन् ।

‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ,’ पाठकले भने, ‘आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’ याे समाचार अनिल ढकालले अन्नपूसर्णमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप