बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जर्जिया नेटोमा आबद्ध हुन्छ : महासचिव स्टोल्टेन्बर्ग

सोमबार, ११ चैत २०७५, २० : ५७
सोमबार, ११ चैत २०७५

टिब्लिसी । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध गरेपनि जर्जियालाई नेटोको सदस्यता प्रदान गरिने बताएका छन् । 

तत्कालीन सोभियत सङ्घबाट टुक्रिएर स्वतन्त्र राष्ट्र बनेको जर्जियालाई नेटोको सदस्यता नलिन निरन्तर दबाब दिँदै आएको छ । 

गत सातादेखि शुरु भएको १२ दिने नेटो–जर्जिया सैनिक अभ्यासको निरीक्षणका क्रममा स्टोल्टेन्बर्ग जर्जियाको राजधानी टिब्लिसीमा छन् । 

‘नेटोमा आबद्ध २९ मुलुकले जर्जियालाई सदस्यता दिनेमा सहमति जनाइसकेका छन्,’ स्टोल्टेन्बर्गले टिब्लिसीमा जर्जियाका प्रधानमन्त्री मामुका बाख्टाजसँगै आयोजित पत्रकार सम्मेलनमा बताए ।

महासचिव स्टोल्टेन्बगले रुसको नामै लिएर नेटोको खुला–प्रवेश नीतिमा कुनै पनि मुलुकले हस्तक्षेप गर्ने अधिकार राख्दैन भने । 

‘हामी रुस वा अरु कुनै शक्ति राष्ट्रले नेटोमा आबद्ध सदस्य राष्ट्रले गर्ने कार्यहरुका बारेमा निर्णय गर्न सक्दैनन् र त्यो हामीलाई स्वीकार्य छैन,’ उनले बताए । 

सन् २००८ मा रोमानीयामा आयोजित सम्मेलनमा नेटोका नेताहरुले जर्जिया नेटोमा आबद्ध हुन सक्ने बताएका थिए तर जर्जिया अझै पनि नेटोको औपचारिक सदस्य बन्न सकेको छैन । 

नेटोमा जर्जियाको प्रवेशलाई रुसले आफ्नो मुलुकमाथि विस्तारै हस्तक्षेप गर्न चाहेको रुपमा व्याख्या गरिरहेको छ । 

जर्जियाका प्रधानमन्त्री बाख्टाजले आफ्नो मुलुकको सुरक्षाका बारेमा निर्णय गर्ने अधिकारमाथि अर्को मुलुकले हस्तक्षेप गर्न नपाउने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप