‘अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन’
मस्को । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहो¥याएको छ ।
राष्ट्रपति चुनावमा धाँधली भए नभएको बारे जाँचबुझ गर्न गठित रोबर्ट मुलरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पका विरुद्ध कुनै ठोस प्रमाण नभेटिएको जानकारी सार्वजनिक भएलगत्तै रुसको यस्तो भनाई सार्वजनिक भएको हो ।
रुसी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै आफूले मुलरको प्रतिवेदन हेर्न नपाएको तर रुसले कहिल्यै पनि अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भने ।
अमेरिका समेतका कुनै पनि मुलुकका विरुद्ध रुसले हस्तक्षेप गर्दैन, र यो रुसको घोषित नीति हो, पेस्कोभले बताए ।
अमेरिकी चुनावमा रुसले साइबर आक्रमण गरेको, चुनाव प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरेको तथा डेमोक्र्याटिक पार्टीको इमेल ह्याक गरी राष्ट्रपतिका प्रमुख दाबेदार हिलारी क्लिन्टनमाथि दबाब सिर्जना गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा