शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आपराधिक सूचनाको विश्लेषणसम्बन्धी प्रशिक्षण

सोमबार, ११ चैत २०७५, २० : ३३
सोमबार, ११ चैत २०७५

काठमाडौँ । इन्टरपोल महासचिवालयको आयोजना तथा इन्टरपोल नेपालको सहआयोजनामा आपराधिक सूचना विश्लेषणसम्बन्धी प्रशिक्षण आजदेखि काठमाडौँमा शुरु भएको छ । 

इन्टरपोल वातावरण सुरक्षाअन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुरु भएको १० दिने प्रशिक्षणमा प्रशिक्षकसहित १३ विदेशी र चार नेपाली प्रतिनिधिको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

तालिममा चार नेपाली, दुई कम्बोडियन, दुई भियतनामी, तीन भारतीय, दूई मलेसियन, दुई थाई, एक बेलायती र एक फ्रेन्च नागरिकको सहभागिता छ । 

तालिममा वातावरण सुरक्षा, वन्यजन्तु, आपराधिक क्रियाकलापलगायत विभिन्न विषयमा अनुसन्धान कार्यमा सक्रिय रहेका सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको प्रहरीले जानकारी दिएको छ । 

फ्रान्सको लियोनमा रहेको इन्टरपोलको महासचिवालयमा हाल १९४ सदस्य राष्ट्र छन् । 

तालीममा वन्यजन्तु, जवलायु, वातावरण तथा अन्य क्षेत्रका आपराधिक क्रियाकलापका विषयमा सङ्कलित सूचनालाई कसरी विश्लेषण गर्ने र कसरी निष्कर्षमा पुग्ने भन्ने विषयमा तालीम केन्द्रित रहेको इन्टरपोल नेपालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप