शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनबीआई को वित्तीय साक्षरता कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको साथ

सोमबार, ११ चैत २०७५, १८ : ५४
सोमबार, ११ चैत २०७५

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।

यस सम्झोैतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना  र सुविधाहरु बारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ ।

बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई  आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप