शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंक र एनबीआई मिलेर वित्तीय साक्षरता फैलाउने

सोमबार, ११ चैत २०७५, १८ : ५०
सोमबार, ११ चैत २०७५

काठमाडौं– एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ ।

उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।

यस सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना  र सुविधाहरुबारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईनेछ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ  विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।

साथै बैंकले एनबीआई एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिदिनेछ । 

यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने विश्वास गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप