शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टले बन्द गर्दै विण्डो–७, अब यस्तो तयारी

सोमबार, ११ चैत २०७५, १८ : ४१
सोमबार, ११ चैत २०७५

एजेन्सी– माइक्रोसफ्टले उसको लोकप्रिय अपरेटिङ सिस्टम विण्डो–७ बन्द गर्न लागेको छ । यस सम्बन्धमा कम्पनीले पछिल्लो समय विण्डो–७ इन्स्टल भएका उपकरणहरुमा नोटिफिकेशन पठाउन सुरु गरेको छ ।
नोटिफिकेसनमा कम्पनीले भावी दिनमा विण्डो–७ सेवा प्रदान नगर्ने बताएको छ ।  माइक्रोसफ्ट कम्पनी प्रयोगकर्ताहरु अपरेटिङ सिस्टमको रुपमा विण्डो–७ लाई विण्डा–१० मा अपग्रेड गरुन् भन्ने चाहन्छ । तथापि नोटिफिकेसनमा विण्डो–१० को उल्लेख भने गरिएको छैन ।  

तर नोटिफिकेसन तफ रहेको ‘लर्न मोर (थप जान्नुस्)’ मा क्लिक गर्दा विण्डो–७ को वेबसाइटमा पुगिन्छ । त्यहाँ प्रयोगकर्ताहरुलाई आफ्नो कम्प्युटर अपग्रेड गर्न सल्लाह दिइएको छ । 

१० वर्षको इतिहास 
माइक्रोसफ्टले सन् २००९ जुलाई २२ मा विण्डो–७ सार्वजनिक गरेको थियो । कम्पनीले यही महिना १० वर्षको इतिहास बोकेको विण्डो–७ लाई बन्द गर्ने निर्णय गरेको हो । यसैका लागि कम्पनीले नोटिफिकेसन पठाउन थालेको हो । कम्पनीले पठाएको नोटिफिकेसन विण्डो अपडेटको नोटिफिकेसनजस्तै देखिन्छ । 

नोटिफिकेसनमा लेखिएको छ, ‘१० वर्षको सेवापछि सन् २०२० जनवरी १४ मा कम्पनीले विण्डो–७ वाला कम्प्युटरको लागि सुरक्षा अपडेट उपलब्ध गराउनेछ । यो परिवर्तन सजिलो हुने छैन भनेर हामी अवगत छौं । यसैले हामी तपाईहरुलाई पहिले नै जानकारी प्रदान गराइरहेका छौं । यो बीचमा तपाईले आफ्ना डाटा र फाइल्सलाई ब्याकअपमा राख्न सक्नुहुनेछ ।’

विण्डो–१० लाई प्रबद्र्धन गर्ने रणनीति ?

अब प्रयोगकर्ताहरुको लागि ‘विण्डोज अपडेट’ विकल्पमा नयाँ अपडेट उपलब्ध हुनेछ । यदी प्रयोगकर्ताले स्वत अपडेटको विकल्प छान्दा अपडेट आफै डाउनलोड भएर इन्स्टल हुनेछ ।  पटक–पटक नोटिफिकेशन पाउदाँ वाक्क भएका प्रयोगकर्ताहरुले ‘डू नट रिमाइण्ड अगेन(पुन नसम्झाउनु)’ विकल्प छान्न सक्छन् । 

मिडियो रिपोर्टअनुसार माइक्रोसफ्ट विण्डो–१० अपरेटिङ सिस्टमलाई एक अर्ब इन्स्टलको लक्ष पुराउने कोशिशमा छ ।  विण्डो–७ बन्द हुँदा कम्पनीले विण्डो–१० लाई राम्रो तरिकासँग प्रवर्धन गर्न पाउनेछ । हालसम्म विण्डो–१० लगभग ८० करोड उपकरणहरुमा प्रयोग भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप