मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल

सोमबार, ११ चैत २०७५, १८ : ३३
सोमबार, ११ चैत २०७५

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नियुक्त गरेको छ ।

बैंकको चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका गणेशराज पोखरेललाई  चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ साल देखिनैे दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

बैंकमा आबद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’ लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताएका छन् । नीति नियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याँउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप