शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा महिन्द्राको बन्डल अफर

सोमबार, ११ चैत २०७५, १८ : २५
सोमबार, ११ चैत २०७५

काठमाडौं–अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा “खुशी आउँछ बन्डलमा” योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजार देखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सकिन्छ । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बिमा तथा  सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ । 

त्यति मात्र होइन यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप