बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफद्वारा घातक रोगको उपचारका लागि ५ लाख प्रदान

सोमबार, ११ चैत २०७५, १८ : २१
सोमबार, ११ चैत २०७५

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत ५ लाख बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीले हृदयघात भएको कारण बुटवलका हरि सिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका निज आफैलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको थियो ।

सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथ मणि खड्काले हरि सिंह ठकुरीलाई सो चेक प्रदान गरे । हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिना कुनै बिल सहज, सरल एवं छिटो दाबी गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप