शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘काफलको दाना’मा पल र आँचलको प्रेम

सोमबार, ११ चैत २०७५, ०९ : ४३
सोमबार, ११ चैत २०७५

काठमाडौं – चर्चित गायक हिमाल सागरको नयाँ गीत ‘काफलको दाना’ भिडियो सहित सार्वजनिक भएको छ । गीतको भिडियोमा  भिडियोमा कलाकार पल शाह र आँचल शर्मा देखिएका छन् । 

गीतमा सागरलाई गायनमा गायिका बिन्दु पौडेलले साथ दिएकी छिन् । दीपक शर्माको शब्द, संगीत रहेको गीत वैँशालु उमेरका हरेक प्रेमील जोडीलाई लक्षित गरेर तयार गरिएको छ । 

गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा पल र आँचलको अहिलेसम्मकै सशक्त अभिनय छ । गीतमा पल र आचलले काफलको दाना गलबन्दीमा ल्याएर प्रेमका कुरा गर्दै जन्मदिन मनाउने कुरा गर्दैछन् । 

नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन, नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप