बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा

सोमबार, ११ चैत २०७५, ०८ : २९
सोमबार, ११ चैत २०७५

धम्बोझी – जिल्लाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ । 

२०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६०० थियो । अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको छ । नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पर्दछ । 

जनसङ्ख्या बढ्दै जानु ,जनघनत्वको चाप बढ्नु र अवैध शिकारका कारणले गर्दा यस वन्यजन्तुको संरक्षणमा चुनौती आएको ५ नम्बर प्रदेश सांसद तिलक शर्मा हिमालले बताए । 

गुलरिया नगरपालिका–२ पटाहाखैरापुरमा २०३२ सालमा केवल पाँच वटा कृष्णसार फेला पािरएको थियो । त्यसमा दुई भाले तीन पोथी थिए । तिनलाई तत्कालीन शाही कर्णाली शिकार आरक्षले संरक्षण गरेको थियो । अहिले ७०८ बिघा क्षेत्रफलमा कृष्णसार रहने व्यवस्था गरिएको छ । 

यस कार्यका लागि करीव रु एक करोड ८० लाख खर्च गरिएको थियो । विश्व वातावरणीय सहुलीयत जिइएफ भन्ने दातृ संस्थाको सहयोगमा वातावरण बचाउन आन्दोलन सञ्चालन योजनाअन्तर्गत कृष्णसारको आहारका रुपमा मुसुरो तथा दलहन जातिका बाली लगाउने कार्य गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप