विप्लव समूहलाई सके फकाउने नसके तर्साउने
सोमबार, ११ चैत २०७५, ०६ : ०८
काठमाडौं -सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ ।
सरकारले फागुन २८ गते विप्लव समूहलाएै प्रतिबन्ध लगाइसकेको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ ।
सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोसिस गरिरहेका छन् । तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ । याे समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु