शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेयर गोल्डकपः युथ एकेडेमी पर्सा विजयी

आइतबार, १० चैत २०७५, २२ : ४७
आइतबार, १० चैत २०७५

सिरहा–सिरहाको गोलबजारमा आजदेखि दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । 

आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खेलको उद्घाटन गर्दै खेलमार्फत् विश्वमा नेपालको नाम उचो पार्ने गरी खेल्न आग्रह गरे । 

 मन्त्री पण्डितले खेलको विकासको लागि स्थानीय तहले प्रोपोजल दिन आग्रह गर्दै आफूले सकेजति सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 आजको उद्घाटन खेलमा विरगन्ज युथ एकेडेमी पर्साले जित हासिल गर्यो । पर्साले २–१ ले विराटनगरलाई हराएको हो । 

 विराटनगर, विरगंज, पर्सा, उदयपुर, सिरहा धरान लगायत जिल्लाको सहभागिता रहेको उक्त खेलको फाइनल खेल १७ गते हुनेछ । खेलमा प्रथम, दितीय हुनेहरुलाई क्रमशः दुई लाख बाइस हजार, दुई सय दुई र द्धितीय हुनेलाई एक लाख एघार हजार एक सय एघार सहित प्रमाण पत्र र सिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप