शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलः कोलकत्ताको रोमाञ्चक जित

आइतबार, १० चैत २०७५, २२ : २९
आइतबार, १० चैत २०७५

नयाँदिल्ली–इन्डियन प्रियिमर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राईडर्सले रोमाञ्चक जित हात पारेको छ । 
आइतबार साँझ भएको खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो । एक सय ८२ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । कोलकत्ताका लागि ओपनर नितिस रानाले ६८ रन बनाए । आन्द्रे रसेलले ४९, रोबिन उथ्थपाले ३५ र सुभमन गिलले अविजित १८ रन बनाए ।

यसअघि कोलकत्तास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले ८५ रन बनाए । विजय शंकरले ४०, जोनी ब्रैसटोले ३९ रन बनाए । कोलकात्ताका आन्द्रे रुसेलले दुई तथा पियुस चवालाले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप