नेकपा अध्यक्ष प्रचण्ड बिहीबार स्वदेश फर्किने
काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि हाल अमेरिकामा रहेका नेकपा अध्यक्ष प्रचण्ड बिहीबार (चैत १४ गते) स्वदेश फर्केने भएका छन् । प्रचण्ड बिहीबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको नेकपा निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।
पार्किन्सन नामक एक प्रकारको जटिल रोगले पीडित पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए ।
दाहाल पत्नी सीताको अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार भइरहेको छ । ।प्रचण्डको एक पारिवारिक सदस्यका अनुसार सीताको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएकाले बिहीबार स्वदेश फर्किन लागिएको हो ।
दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् । यसअघि उपचारमा लामो समय लागेमा छोरीज्वाईँलाई हेरचाहको जिम्मा लगाएर आफू भने फर्किने प्रचण्डले योजना बनाएको भएपनि स्वास्थ्यमा सुधार देखिएकाले सँगै फर्किने लागेका हुन् ।
अमेरिकामा रहँदा प्रचण्डविरुद्ध एक नेपालीले उजुरी गरेपनि अमेरिकाले छानबिन प्रक्रिया अघि नबढाइ उच्च सम्मान दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता