बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६४ औं फिल्म फेयर अवार्ड: आलिया र रणवीर उत्कृष्ट

आइतबार, १० चैत २०७५, २० : १०
आइतबार, १० चैत २०७५

 मुम्बई – बलिउडका हट कपल अलिया भट्ट र रणवीर कपुर सर्वश्रेष्ठ अभिनेता अभिनेत्री घोषित भएका छन् । शनिबार साँझ मुम्बईको जियो गार्डनमा बाँडिएको ६४ औं फिल्म फेयर अवार्डमा फिल्म ‘संजु’ अभिनयका कारण रणवीरले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार हात पारेका हुन् । 

रणवीरले पुरस्कार घोषण भएपछि कार्यक्रम स्थलमै सँगै रहेकी अभिनेत्री आलियालाई किस गरेका थिए । आलिया उनकी गर्लफ्रेण्ड हुन् । ‘संजु’मा रणवीरले सञ्जय दत्तको भूमिका निर्वाह गरेका थिए ।

आलियाले भने फिल्म ‘राजी’ अभिनयका कारण सर्वश्रेष्ठ पुरस्कार जितेकी हुन् । फिल्म राजीका निर्देशक मेघना गुलजार सर्वश्रेष्ठ निर्देशक ठहरिए । अवार्ड पाएपछि आलियाले फिल्मका निर्देशक मेघना र अभिनेता विक्की कौसलको नाम लिएकी थिइन् । करण जैहरको नाम समेत लिएकी आलियाले रणवीर कपुर तिर इसार गर्दै सफलताको श्रेय प्रेमलाई दिएकी थिइन् । उनले भनिन् ‘उ मेरो सबैभन्दा स्पेशल व्यक्ति हुन् । आई लभ यु ।’

कार्यक्रममा बेष्ट अभिनेता क्रिटिक्स अवार्ड रणवीर सिंहले जिते । उनलाई सो अवार्ड अभिनेत्री दीपिकाले प्रदान गरेकी थिइन् । अवार्ड दिँदै दीपिकाले सबैको अगाडि रणवीरलाई लिप किस समेत दिइन् ।

फिचर फिल्म 
सर्वश्रेष्ठ फिल्म : राजी 
सर्वश्रेष्ठ फिल्मका लागि क्रिटिक्स अवार्ड : अंधाधुन
सर्वश्रेष्ठ अभिनेत्री मुख्य भुमिका :आलिया भट्छ (राजी)
सर्वश्रेष्ठ अभिनेता मुख्य भुमिका : रणवीर कपुर (संजु)
सर्वश्रेष्ठ अभिनेत्री क्रिटिक्स अवार्ड :नीना गुप्ता (बधाई हो )
सर्वश्रेष्ठ अभिनेता क्रिटिक्स अवार्ड : राणवीर सिंह (पद्यावत)
बेष्ट डेब्यु अभिनेत्री : सारा अली खान (केदारना)
बेष्ट डेब्यु अभिनेता : इशान खट्टर (बियोन्ड द क्लाउड्स)
सर्वश्रेष्ठ निर्देशक : केघना गुलजार (राजी)
बेष्ट डेब्यु निर्देशक : अमर कौशिक (स्त्रि)
सर्वश्रेष्ठ सह अभिनेता : गजराज राव( बधाई हो) र विक्क िकौशल (संजु)
सर्वश्रेष्ठ सह अभिनेत्री : सुरेखा सीकारी (बधाई हो )
सर्वश्रेष्ठ संवाद :अक्षया घिल्डियाल )बधाई हो)
कथा :अनुभव सिन्हा (मुल्क) 
सर्वश्रेष्ठ संगति एल्बम :पद्यावत
सर्वश्रेष्ठ कथा :अनुभव सिन्हा (मुल्क) 
बेष्ट छायाँकन : पंकज कुमार (तुंबबाद)
सर्वश्रेष्ठ सम्पादन ः पूजा लाधा सुरती (अंधधुन) अनुभव सिन्हा (मुल्क) 
सर्वश्रेष्ठ भिएफएक्स ः रेड चिलिज एफएक्स (जीरो) 

लधु फिल्म
सर्वश्रेष्ठ अभिनेता : हुसैन दलाला (शेमलेस)
सर्वश्रेष्ठ अभिनेत्री :कीर्ति कुल्हारी (माया)
सर्वश्रेष्ठ फिल्म पिपुल्स च्वाइस ः प्लस माइनस 
शर्ट फिल्म 
सर्वश्रेष्ठ फिल्म : (फिक्सन) रोगन जोश 
सर्वश्रेष्ठ फिल्म :(नन फिक्सनश) द सोकर सिटी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप