बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेमन्तप्रकाश वलीसहित ९ जनामाथि संगठित अपराधविरुद्धको मुद्दा

आइतबार, १० चैत २०७५, १९ : ४२
आइतबार, १० चैत २०७५

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वालीसहित ९ जनालाई संगठित अपराध विरुद्धको मुद्दा अन्तर्गत म्याद थप गरिएको छ । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरुविरुद्ध संगठित अपराध विरुद्धको मुद्धामा थप ८ दिन थुनामा राख्ने आदेश दिएको हो ।

नेता वलीसहित ९ जनालाई शनिबार काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो ।  नेकपाका मध्य कमाण्ड इन्चार्ज समेत रहेका वलीविरुद्ध ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको मुख्यालयमा शक्तिशाली वम विष्फोट गराउनमा जिम्मेवार रहेको प्रहरीको आरोप छ । फागुन १० गते भएको उक्त विष्फोटको जिम्मा वलीले लिएका थिए ।

नेता वलीसँगै नेकपाका कार्यकर्ताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्धा चलाउन प्रहरीको तयारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप