शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी नियुक्त

आइतबार, १० चैत २०७५, १९ : १२
आइतबार, १० चैत २०७५

काठमाडौं–एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरेको छ ।

क्यापिटलको ५५औ सञ्चालक समितिको बंैठकले प्रमुख कार्यकारी अधिकृत पदमा रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।

विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास कम्पनीको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप