शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प

आइतबार, १० चैत २०७५, १९ : ०९
आइतबार, १० चैत २०७५

जाकार्ता– इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ ।  भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । 

स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । 

‘अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,’ एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए । 

प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप