अव २४ लाखमा ड्याट्सन गो कार
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ ।
२४ लाख ९९ हजार पर्ने यस गाडीका विभिन्न ३ मोडेलहरु गो ए (ओ), गो टी र गो टी (ओ) नेपाली बजारमा उपलब्ध छन् । यी गाडीहरु थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।
नयाँ ड्याट्सन गो गाडीमा विभिन्न विशेषताहरु जस्तोः आरामदायी, सुरक्षा तथा स्टाइलिस ड्राइभिङ अनुभव लिन सकिने कम्पनीले बताएको छ । कारले नयाँ युगकोलागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको कम्पनीको दावी छ ।
फस्ट इन सेग्मेन्ट
-एनड्रोइड अटो प्ले र एप्पल कार प्लेको साथ ७ इन्चको टच अडियो रहेको छ ।
-१४ इन्चको डाइमन्ड
–कट अल्लोइ ह्वील छ ।
-सेफ्टी प्याकेज– डुयल एयर ब्याग, एबीएस+ईबीडी+बीए तथा पार्किङ सेन्सर
वेस्ट–इन–क्लास
- १८० एम.एमको ग्राउन्ड क्लियरेन्स
-२४५० एम.एमको ह्वील वेस
-२६५ लिटर लगेज स्पेस
-४.६ एम टर्निङ रेडियस
नयाँ ड्याट्सन गोमा राईड कन्ट्रोल एडभान्स सस्पेन्सन सिस्टम तथा १.२एल एचआर१२ डीई पेट्रोल इन्जिन रहेको छ । जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्दछ । बाहिर हेर्दा स्पोर्र्टि तथा भित्र बस्नको लागि धेरै स्पेस भएको ड्याट्सन कारले अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशीलता प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध
-
हामीलाई अरुन्धती रोय किन चाहिन्छ ?
-
ट्रम्पको शपथमा दान गर्ने कम्पनीको ओइरो : कसले कति दिए ?
-
लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या ११ जना पुग्यो
-
राज्य एकीकरण अभियानमा ज्यानको प्रवाह नगरी होमिने पुर्खाहरूप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली
-
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति