मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो संसदको तेश्रो अधिवेशन

आइतबार, १० चैत २०७५, १८ : २५
आइतबार, १० चैत २०७५

काठमाडौं– संघीय संसदको तेश्रो अधिवेशन आईतबार रातीबाट समाप्त हुँदैछ । आईतबारको प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले तेश्रो अधिवेशन अन्त्य सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

पुस ११ गते सुरु भएको यस अधिवेशन अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ वटा बैठक बसेका छन् । अधिवेशनमा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा ८ वटा विधेयकहरु बैठकमा अझै प्रस्तुत हुन सकेका छ्रैनन् । ७ वटा विधेयक विषयगत समितिहरुमा विचाराधिन छन् ।

‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट संशोधन सहित प्राप्त भएको जानकारी सभामा टेबुल भएको छ र अन्य ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन् । २ वटा विधेयक समितिमा विचाराधीन छन् ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो ।

अधिवेशनमा सडक सुरक्षा, स्वास्थ्य बिमा  र छाउपडी विरुद्धका कानुन कार्यान्वनको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भए ।

यस अधिवेशनमा प्रधानन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम पनि सुरु भएको थियो । साथै विभिन्न मन्त्रालयका बारेमा सम्बन्धीत मन्त्रीसँग सांसदहरुले प्रश्नोत्तर कार्यक्रममा सहभागी भए ।

त्यसैगरी यसअधिवेशनमा विभिन्न संवैधानिक निकायका बार्षिक प्रतिवेदन पेश भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप