बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेलिब्रेटीको एसईईः कार चढेर परीक्षा दिन पुगिन् करिष्मा मानन्धर (फोटोफिचर)

आइतबार, १० चैत २०७५, ०८ : २२
आइतबार, १० चैत २०७५

काठमाडौं– चर्चित अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् । 

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा  परीक्षा दिएकी हुन् । 

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए । 
नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।  करिष्माले भट्टराईकै प्रेरणाले आफूले अध्ययनको योजना बनाएको बताउँदै आएकी छिन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप