शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहाडी जिल्लामा भारतीय मजदुरको लर्को

आइतबार, १० चैत २०७५, ०७ : ०६
आइतबार, १० चैत २०७५

तेह्रथुम - रोजगारका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार जिल्ला भित्रिएका छन् । 

निर्माणाधीन सडक, जलविद्युत, सरकारी भवन, व्यक्तिगत घर, पुललगायतका क्षेत्रमा कामका लागि भारतीय मजदुर भित्रिएका हुन् । भारतको हिमाञ्चल, उत्तरप्रदेश र बिहारदेखिका कामदार विकासे आयोजनामा आएका छन् । अधिकांश कामदार ठेकेदारमार्फत आएको भारत मोतीहारी डुमरी गाउँका सुनम सहनीले बताए ।

डुमरी गाउँका ५ सय बढी कामदार एकै साथ यहाँका सडक आयाेजनामा काम गर्न आएकाे कामदार सत्यदेव सहनीले जानकारी दिए । भारत उत्तरप्रदेश महाराजगन्ज जिल्ला बागापारका २ सय ५० बढी काामदार पनि तेह्रथुममै छन् । यो समाचार चन्द्र कार्कीले कान्तिपुरमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप