शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकाका पेट्रोलपम्प विस्फोट हुने खतरा

आइतबार, १० चैत २०७५, ०७ : ०१
आइतबार, १० चैत २०७५

काठमाडौँ – जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ । नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ । पम्पको माथिबाट बिजुलीको लाइन तानिएको छ । 

खुला सडकमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको एसपी इन्टरनेसनल इन्कको पम्पमा कसैबाट नियतवश वा भूलवश हुनसक्ने असावधानीले ठूलो क्षति निम्तिने खतरा उच्च छ । किनकि यहाँ तारबार गरेको ‘कपाउन्ड’ छैन भने सुरक्षा गार्ड पनि छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

पुल्चोकको साझा पेट्रोल पम्पले तारबारको व्यवस्था गरेर अनावश्यक व्यक्तिको प्रवेशलाई रोक त लगाएको छ तर, नजिकैको विद्युत् ट्रान्सफर्मर र पम्पभन्दा माथिबाट तानिएको बिजुलीका तारले जोखिमयुक्त हुन दिएको छैन । 

ठूला सवारीसाधनको चाप बढी हुने बालाजु चक्रपथआसपास क्षेत्रमा हरेक एक किलोमिटर दूरीमा पेट्रोल पम्प छन् । ती त झनै असुरक्षित छन् । बाक्लो बस्ती बीचमा, मान्छेको भीडभाड भइरहने पार्टी प्यालेससँगै जोडेर यी पम्पहरु सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप