मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव

आइतबार, १० चैत २०७५, ०६ : ५३
आइतबार, १० चैत २०७५

काठमाडौं - राष्ट्रिय जनाता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ ।

सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा. शिवजी यादवले बताउनु भयो । फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलेको चिठीको जवाफमात्र पठाएको डा. यादलको भनाई छ ।

‘पहिलो कुरा एकता हो, एकतापछिमात्र सरकारमा रहने नरहने, भावी एजेन्डा के हुने भन्ने कुरा आउँछ,’ यादवले थप्नुभयो, ‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो ।’ यो समाचार नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप