शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाग्दा भाग्दै पक्राउ परेका थिए हेमन्तप्रकाश ओलीको टोली

आइतबार, १० चैत २०७५, ०६ : ३७
आइतबार, १० चैत २०७५

काठमाडौं - नेकपा (माओवादी) विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ ।

अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्बारको सिल्भर कलरको स्कोर्पियो गाडीको डिक्कीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला परेको हो । यो समाचार मोतीराम तिमिल्सिनाले नेपाल समाचारपत्रमा लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप