बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ बाहिरका ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

आइतबार, १० चैत २०७५, ०६ : १०
आइतबार, १० चैत २०७५

काठमाडौँ – अन्तर्रा्ष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् । 

अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत ती परियोजना प्राथमकिताका साथ अगाडि बढाएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको दुवै विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । भैरहवा र पोखरा विमानस्थलको वर्ष्दिन यताको प्रगतिले समयभित्रै सम्पन्न हुने आधार तयार गरेको नागरिक उड्डयन मन्त्रालयको अध्ययन अनुसन्धान शाखाका उपसचिव दुर्गा भुर्तेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप