शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९४ वर्षे जिम्मी कार्टर बने अमेरिकी इतिहासमा सबैभन्दा बढी बाँच्ने राष्ट्रपति

शनिबार, ०९ चैत २०७५, १६ : २०
शनिबार, ०९ चैत २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति पद छाडेको लगभग ४ दशकपछि तत्कालीन राष्ट्रपति जिम्मी कार्टरले एक इतिहास बनाएका छन् । शुक्रबार उनी अमेरिकी इतिहासमा सबैभन्दा बढी बाच्ने राष्ट्रपति बने । 

शुक्रबार उनी ९४ वर्ष १७२ दिन भए । उनले नोभेम्बरमा बितेका अर्का पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुसको रेकर्ड तोडका हुन् । नोभेम्बर ३० मा बित्दा जर्ज एच डब्लू बुस ९४ वर्ष १७१ दिनका थिए । 

बुस र कार्टर दुवै एकै वर्ष सन् १९२४ मा जन्मिएका थिए । तर बुस कार्टरभन्दा केही महिनाले जेठा थिए । बुस जुन १२ मा जन्मिएका थिए भने कार्टर अक्टोबर १ मा जन्मिएका थिए । 
उमेरले बुसभन्दा कान्छो भए पनि कार्टर बुसभन्दा १४ वर्ष अघि सन् १९७६ मा नै राष्ट्रपति भएका थिए ।

तीन वर्ष अघि कार्टरलाई मेलानोमा नामक छालामा हुने क्यान्सर लागेको थियो । उनले आफूलाई क्यान्सर लागेको घोषणा गर्दा रोग कलेजो र दिमागसम्म फैलिसकेको बताएका थिए । तर उपचारपछि उनी पूर्ण रुपमा स्वस्थ भए । 

“यस अवसर(रेकर्ड कायम गरेको)मा कुनै विशेष समारोह राखिएको छैन ,” कार्टर तथा उनको परोपकारी संस्था ‘द कार्टर सेन्टर’की संयुक्त प्रवक्ता डियाना कोन्गिलियोले भनिन् । 

‘द कार्टर सेन्टर’ जिम्मी र हाल ९१ वर्षिया उनकी श्रीमती रोसेलनले सन् १९८२ मा स्थापना गरेका थिए । यो संस्था मानव अधिकार मुद्धामा केन्द्रीत छ । 

इतिहासकारहरु कार्टरको राष्ट्रपतित्वकाल त्यति सफल मान्दैनन् । यही कारण उनले दोस्रो कार्यकाल हारेका थिए । 

तर ‘द कार्टर सेन्टर’मार्फत जिम्मीले दशकौंसम्म गरेको विश्वव्यापी जनस्वास्थको वकालत, निर्वाचन पर्यवेक्षण र द्वन्द समाधानका लागि मध्यस्थकर्ताजस्ता कार्यहरुले उनले पूर्व–अमेरिकी राष्ट्रपतिको भूमिकालाई नै पुनरपरिभाषित गरिदिएको मानिन्छ । कार्टर अघिका अमेरिकी राष्ट्रपतिहरु अवकासपछि सार्वजनिक जीवनबाट टाढिने गर्थे ।

‘द कार्टर सेन्टर’ दोस्रो सविधानसभाको पर्यवेक्षण लागि नेपाल पनि आएको थियो । त्यस क्रममा जिम्मी कार्टर आफै स्वयम नेपाल आएका थिए । 

आगामी दिनका योजनाबारे सोध्दा कार्टरले बारम्बार आफ्नो सस्थाले लामो समयदेखि ‘गिनी वर्म’नामक परिजीविको सक्रमणबाट हुने रोग उन्मुलन भन्ने गर्छन् । 

फोहोर पानीबाट शरिरभित्र पस्ने ‘गिनी वर्म’ संक्रमितको शरिरभित्र विकसित भएर उसको छाला छेडेर धागो जसरी बाहिर निस्कने गर्छ । यो प्राणघातक नभए पनि निक्कै पीडादायी संक्रमण हो । यसको अर्को समस्या भनेको यसको उपचारको लागि कुनै औषधिनै पत्ता लागेको छैन ।

सन् १९८६ मा ‘द कार्टर सेन्टर’ले ‘गिनी वर्म’ संक्रमण उन्मुलन कार्यक्रम ल्याउदाँ मुख्यत अफ्रिकाका २१ देशमा ३५ लाख विरामी थिए । संस्थाको कार्यको प्रतिफल सन् २०१८ मा यो ९९.९९% कमी आएको छ । हाल यसका २८ मात्रै विरामी छन् ।

“म अन्तिम गिनी वर्मभन्दा बढी बाच्छु होला,” कार्टरले सन् २०१६ मा एक ब्रिटिस टिभी अन्तरवार्तामा भनेका थिए । “त्यो मेरो जीवनका लक्षहरुमध्य एक हो र मलाई यसमा सफल हुने राम्रो अवसर छ भन्ने लाग्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप