शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई गिरोहले सञ्चालन गर्‍याे : नेता कोइराला

शनिबार, ०९ चैत २०७५, १४ : २०
शनिबार, ०९ चैत २०७५

चितवन– नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने दाबी गरेका छन् । 

 नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए । 

उनले भने,“गणतन्त्र र सङ्घीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि काङ्ग्रेस लड्नुपर्छ ।” मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उनले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए । राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाइ छ । 

फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको दाबी गरे । 
उनले भने, ‘राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।” काङ्ग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप