महोत्तरीमा सडक दुर्घटना बढ्यो
बर्दिवास- महोत्तरीमा सडक दुर्घटनामा मानवीय क्षति हुने क्रम बढेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को चैत पहिलो साताभित्र सडक दुर्घटनामा ३२ को मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७४÷७५ को यसै अवधिमा २८ को सडक दुर्घटनामा मृत्यु भएको थियो । गत आवको कूल अवधिमा भने ८१ सवारी दुर्घटनाका घटनामा ४४ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।
चालू आवको गत साउन १ गतेदेखि यही चैत पहिलो सातासम्म ६८ सवारी दुर्घटनाका घटना भएका छन् । घटनामध्ये ३६ मोटरसाइकल परेका र मृतकको सङ्ख्या पनि मोटरसाइकल चालक र सवार नै बढी रहेको प्रनि सिंहले बताए ।
मृतकमध्ये १६ वर्षदेखि ३० वर्ष उमेर समूहभित्रका ३२ परेका थिए । यस वर्ष पनि यो उमेर समूहभित्रका २५ को सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयको अभिलेखमा उल्लेख छ । सवारी दुर्घटना धेरैजसो मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म बढी हुने गरेका पाइएको छ । सडक दुर्घटनामा गत आर्थिक वर्ष २०७४÷७५ मा १४० र अहिले जारी आर्थिक वर्षको हालसम्मको अवधिमा ७० को अङ्गभङ्ग भएको छ । जिल्लामा सडक दुर्घटनाका घटना पूर्वपश्चिम राजमार्गको टुटेश्वर गणन्ता वनक्षेत्रमा बढी हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ