बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपडेटः काँग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख

शनिबार, ०९ चैत २०७५, १३ : ३०
शनिबार, ०९ चैत २०७५

काठमाडौँ– अचानक स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता  तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । 

नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि शुक्रबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको हो । 

शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले उनलाई रगत दिइँदैछ । नेता सिटौलाको उपचारमा डा. भगवान कोइरालाको टोलीले संलग्न रहेको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । 

उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको भन्दै डाक्टरहरुले अझै दुई तीन दिन अस्पतालमै राख्नु पर्ने सुझाव दिएको किरणले जानकारी दिए । 

सिटौला अस्वस्थ्य भएपछि पार्टी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुषाल लगायत शनिबार भेट्न   पुगेका थिए ।  

शुक्रबार साँझै नेताहरु, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानलगायका नेताहरुले पनि स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप