शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरो कप छनोट : फ्रान्सकाे सहज जित, पोर्चुगल बराबरीमा रोकियो

शनिबार, ०९ चैत २०७५, ०९ : १९
शनिबार, ०९ चैत २०७५

काठमाडाैं - विश्व विजेता फ्रान्सले युरो कप छनोटमा सुखद सुरुवात गरेको छ । शुक्रबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले माल्दोभालाई ४–१ गोलले हराउँलै जित हात पारेकाे हाे ।

माल्दोभाको घरेलु मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजम्यानले २४ औं, राफेल भरानेले २७ औं, ओलिभर गिरोडले ३६ औं र केलियन एमबाप्पेल ८७ औं मिनेटमा गोल गरे । माल्दोभाका भ्लादिमिर एमब्रसले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । समूह ‘एच’को अन्य खेलमा आइसल्यान्डले एन्डोरालाई र टर्कीले अल्वानियालाई समान २–० गोलले हरायो ।

यसैगरी स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नौँ महिनापछि टोलीमा फर्किएको समूह ‘बी’को अर्को खेलमा पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा युक्रेनलाई खेलमा दबावमा राखे पनि गोल गर्न नसक्दा साविक विजेता पोर्चुगलले बराबरीमा चित्त बुझाउनु परेकाे हाे । समूह ‘बी’को अर्काे खेलमा लक्जमवर्गले लिथुनियालाई २–१ गोलले पराजित ग-यो ।

समूह ‘ए’ को खेलमा इङ्ल्यान्डले चेक रिपब्लिकलाई ५–० गोलले हरायो । सोही समूहको अर्को खेलमा बुल्गेरिया र मोन्टेनेग्रोले १–० गोलको बराबरी खेले । सन् २०२० मा आयोजना हुने युरो कपका लागि युरोपका ५५ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले अन्तिम चरणमा स्थान बनाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप