बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदर्शन गर्न नसक्दा मेसीले सम्हालेकाे अर्जेटिना पराजित

शनिबार, ०९ चैत २०७५, ०८ : ५९
शनिबार, ०९ चैत २०७५

काठमाडाैं - कप्तान लियोनल मेस्सी नौँ महिनापछि राष्ट्रिय टोलीमा फर्किएर खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ । शुक्रबार राति भएकाे खेलमा भेनेजुएलाले अर्जेन्टिनालाई ३–१ गोलले पराजित गरेकाे हाे । रुस विश्वकपपछि मेस्सीले राष्ट्रिय टोलीमा खेले पनि गोल गर्न सकेनन् ।

भेनेजुएलाले छैटौँ मिनेटमै अग्रता लिएको थियो । सालोमोन रोन्डोनले गोल गर्दै भेनेजुएलालाई सुरुवाती अग्रता दिलाए । ४४ औं मिनेटमा जोन मुरिलोले भेनेजुएलाको अग्रता दोब्बर बनाए ।

५९ औं मिनेटमा अर्जेन्टिनाका लउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ७६ औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टोलीको जित सहज बनाए । तुलनात्मक रुपमा कमजोर देखिएको अर्जेन्टिनाले खेलको अन्तिमसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन् ।

प्रशिक्षक लियोनल स्कालोनीले चर्चित खेलाडी सर्जियो अगुएरो, गोन्जालो हिगुइन, माउरो इकार्डी लगायतलाई टोलीमा समेटेका थिएनन् । पाउलो डीबालालाई बेन्चमा राख्दा अर्जेन्टिनाले लय समाउन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप