भारतीय कन्टेनरको धन्दा : आउँदा सामान ल्याउने, जाँदा लागुऔषध बोक्ने
धादिङ – धादिङ प्रहरीले पृथ्वी राजमार्ग्स्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् ।
काठमाडौँमा सामान छाडेर भारतको उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो । ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले साे चरेश फेला पारेको हो ।
पछिल्लाे समय पृथ्वी राजमार्गमामा जाँच गर्दा खासगरी भारतीय नागरिक लागुऔषध र पर्दाथसहित बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए । याे समाचार सरिता श्रेष्ठले नागरिकमा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता